सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन तत्पर छु : महान्यायाधिवक्ता पोखरेल


१४ पुष २०७९, बिहीबार १६:२९ मा प्रकाशित

झापा । नवनियुक्त महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन आफु तत्पर रहेको बताउनुभएको छ ।

बिहीबार रामशाहपथस्थीत कार्यालयमा पदभार सम्हाल्दै महान्यायाधिवक्ता पोखरेलले संविधानको म्यान्डेडभित्र रहेको सरकारी वकिलसम्बन्धी छुट्टै कानून निर्माणका लागि आफु तत्पर रहेको बताउनुभएको हो ।

सरकारी वकिलसम्बन्धी छुट्टै सेवासुविधा सम्बन्धी ऐन आए कार्यसम्पादन पनि प्रभावकारी हुने उहाको भनाइ छ । पोखरेलले पेशालाई थप व्यवसायीक बनाउनका लागि महान्यायाधिवक्ता कार्यालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने धारणा राख्नुभयो ।

उहाले आफुले पुराना कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरुलाई पनि प्राथमिकताका साथ अघि सार्ने बताउनुभयो । यसअघिका महान्यााधिवक्ताले गरेको राम्रा कामलाई आफुले अंगिकार गर्ने उहाको भनाइ छ ।

त्यसअघि बिहीबार नै नवनियुक्त महान्यायाधिवक्ता पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयता शपथ गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here