जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन


१३ पुष २०७९, बुधबार १५:०४ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन हुनुभएको छ ।

बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा भएको निर्वाचन प्रक्रियाका क्रममा संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध चयन हुनुभएको हो । यसअघि दलको नेताका लागि सांसद अशोक राई र राज किशोर यादवले पनि दावी गर्नुभएको थियो ।

संसदीय दलको नेता चयन भएपछि यादवले पार्टीको जिम्मेवारीका साथै संसदीय दलको जिम्मेवारी पार्टीको नीति र सिद्धान्तबमोजिम पुरा गर्ने बताउनुभयो । उहाँले राजनीतिक समितिको बैठकले नै सरकारमा सहभागी हुने वा नहुने निणर्य गर्ने धारणा राख्नुभयो ।

यादवले निर्वाचनमा पार्टीको मत नघटेको दावी गर्दै पार्टीमाथि आएको थप चुनौति सामना गर्न पार्टीलाई संगठीत रुपमा अघि बढाउने उल्लेख गर्नुभयो । यसअघि पार्टीले अघि सारेका जनताको माग र मुद्धालाई सशक्त रुपमा अघि बढाउने उहाँको भनाइ छ ।

सांसद यादव बारा क्षेत्र नं. २ बाट नेकपा एमालेको समर्थनमा निर्वाचित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here