लुम्बिनी विकास बैंकले गर्यो रसफाई कार्यक्रम


१४ असार २०७६, शनिबार १५:१२ मा प्रकाशित

रंगेली । लुम्बिनी विकास बैंक रंगेली शाखाले आज रंगेलीका मठ मन्दीरहरुको सरसफाई तथा प्रभातफेरी गरेको छ ।

शाखा स्थापनाको १० औ वर्ष प्रवेश गरेको अवसरमा बैंकले रंगेली कालि मन्दिर र संसारी माईस्थान मन्दिरको सरसफाई गरेको हो । बैंकको अस्पताल रोड स्थित शाखाबाट निस्केको प्ले कार्ड सहितको ¥यालीले रंगेली बजार, बसपार्क लगायत क्षेत्रको परिक्रम गरी मन्दिरको सरसफाई गरीएको थियो ।

सो अवसरमा रंगेली नगरपालीका उपमेयर केशव कुमारी खराल, लुम्बिनी विकास बैंकका साहयक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डे, बजार व्यवस्थापक प्रमुख दिपक खनाल, रंगेली शाखा प्रमुख दुर्गेश रौनियार, नेकपाका जिल्ला सदस्य मनोज अग्रवाल नेपाली काग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डल, राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष बजरङ्ग अग्रवाल, सामुदायीक सेवा केन्द्र रंगेलीका अध्यक्ष मछिन्द्र बहादुर कटुवाल लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा लुम्बिनी विकास बैंकका साहयक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डेले ४० प्रतिशत नेपालीहरु अझैपनि बैंकिङ्ग पहुच भन्दा बाहिर रहेकाले अहिले नेपाल राष्ट्र बैंकले वित्तिय साक्षरतालाई बढी जोड दिएकाले वित्तिय जनजागरणका लागी प्रभातफेरी र सरसफाई गरिएकोे बताए ।

रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले सामाजिक उत्तरदायित्व सहित आम नगरबासी सहितको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here