झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गर्नुभएको छ ।
पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको भन्दै गुनासो गर्नुभएको हो ।
आइतवार आफूलाई कति बेला फोन आउँछ भनेर कुरिरहेको तर फोन नआएपछि आफू पोखरा आइपुगेको महामन्त्री थापाले बताउनुभयो ।
उहाँले आफूलाई फोन आउँछ भनेर पोखरा जाने जहाजको टिकट तीन पटकसम्म सारेको पनि बताउनुभयो ।