झापा । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ ।
उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।
पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिनुभएकाले समर्थन गरेको बताउनुभयो ।
पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाउनुभएको थियो ।