शान्तिसुरक्षा कायम गर्ने काममा पूर्ण रुपमा सहयोग प्राप्त भयो – बालकृष्ण खाँण


११ पुष २०७९, सोमबार १४:१५ मा प्रकाशित

झापा । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शान्तिसुरक्षा कायम गर्ने लगाएतका काममा आफुलाई सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा खाँणले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायित्वदेखि शान्ति सुव्यवस्था लगाएत बिपद जोखिम न्युनिकरणका काममा आफुलाई पूर्णरुपमा सहयोग भएको भन्दै आभार व्यक्त गर्नुभयो ।

अरु कार्यालय भन्दा गृहमन्त्रालय मातहतका कार्यालयको दायित्व असिमित रहेकाले सवैले जिम्मेवारीपूवर्क काम गरेको पाइएको उहाले बताउनुभयो ।

उहाले सरकार निर्माण गर्ने प्रक्रियामा गठबन्धन परिवर्तन भएको र यसलाई सहर्षपूवर्क लिनुपर्ने भन्दै आफुले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई र शुभकामना दिएको धारणा राख्नुभयो ।
उहाले सरकारलाई सहयोग गर्नु सवैको दायित्व भएको जिकिर गर्नुभयो । खाँणलाई मन्त्रालयका सचिव विनोद प्रकाश सिंह लगाएतले विदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here