भारतमा पर्खाल भत्किँदा १७ जनाको मृत्यु


१४ असार २०७६, शनिबार ११:४६ मा प्रकाशित

भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

तीन जनालाई भने उद्धार गरिएको छ ।केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो ।

पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here