जनतासंग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने सीके राउतको प्रतिवद्धता


१७ मंसिर २०७९, शनिबार १५:४० मा प्रकाशित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनतासंग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने बताउनुभएको छ ।

जनमत पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा राउतले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको भन्दै जनतासंग गरिएका प्रतिवद्धता इमान्दारीताका साथ पूरा गर्ने बताउनुभएको हो ।

निर्वाचनमा जित्दा पाएको साथ र समर्थन काम गर्दा अझै बढि आवश्यक पर्ने उहाँले बताउनुभयो । राउतले आफूहरुले काम गर्न नसके देश र जनता निराशामा जाने भएकाले पाएको जिम्मेवारी गर वा मर को अवस्थामा पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाँले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here