सन् २०२२ मा नेपालको साढे आठ अर्ब रेमिट्यान्स पुग्ने अनुमान


१७ मंसिर २०७९, शनिबार १४:२४ मा प्रकाशित

झापा । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो ।

सन् २०२१ मा नेपालले आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here