प्रहरीद्वारा अवैध गोलिया काठसहित दुईवटा ट्रयाक्टर नियन्त्रण


१७ मंसिर २०७९, शनिबार ०८:२५ मा प्रकाशित

झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सखुवा जातको अबैध गोलिया काठ सहित २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी तिरिङबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. १ गाडाँगल्लीको पाटापुरबाट काकरभिट्टा तर्फ आउदै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । ट्रयाक्टर रोक्ने क्रममा चालक भागेर फरार भए पछि शंका लागेर चेकजाँच गर्दा अवैध काठ फेला परेको थियो ।

नियन्त्रित ट्रयाक्टर सहित काठको मुल्य अन्दाजी २० लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर र काठ आवस्यक कार्वाहीका लागी डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here