आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउनका लागि प्रतिवद्ध हुन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ


१५ मंसिर २०७९, बिहीबार १६:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कला संस्कृतिको सम्वर्द्धनबाट आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउनका लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वर्द्धन गर्दै आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउन प्रतिवद्ध हुनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको जिकिर गर्नुभयो । कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्न सरकार पनि प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले नयाँ पुराना कलाकृतिको संरक्षण गर्दै मुलुकलाई विश्वसामु चिनाउनुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here