काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने तयारी गरेको बताउनुभएको छ ।
शुक्रवार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताउनु भयो ।
उहाँले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको पनि बताउनु भयो । उहाँले त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताउनु भयो । उहाँले सरकारले अबको एक हप्ताभित्र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई राखेर विशेष अभियान घोषणा गर्ने बताउनु भयो ।
उहाँले जुत्ता चप्पलको निर्यात गर्ने वातावरण सरकारले बनाउने बताउनु भयो । उहाँले विभिन्न मुलुकसँग छिमेकी मुलुकहरुसँग पछिल्लो पटक एनएस प्राप्त गरेका वस्तुहरु निर्यात भइरहेको बताउनु भयो । उहाँले ट्रेड प्रमोसनका लागि नेपाली वस्तु अब विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले नेपाल वस्तु उत्पादन उद्योगहरुमा प्रक्रियागत रुपमा रहेका जटिलताहरु समाधान गर्ने पक्षमा रहेको बताउनु भयो ।
उहाँले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसदको अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताउनु भयो ।
उहाँले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताउनु भयो ।