गत साउन महिना यता डेंगी संक्रमणबाट ६२ जनाको मृत्यु


१५ मंसिर २०७९, बिहीबार १३:११ मा प्रकाशित

काठमाडौं । यस वर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ५३ हजार ९५१ र मृतकको संख्या ६२ पुगेको हो ।

जसमध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएका थिए ।

त्यसयता निरन्तर घट्दो क्रममा रहेको डेंगी नेभेम्बरमा ३ हजार ९४० जनामा पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

प्रदेशअनुसार सबैभन्दा धेरै वाग्मतीमा ४१ हजार ९४७ जना र सबैभन्दा कम कर्णालीमा ६७७ जनामा डेंगी पहिचान भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here