थाइल्याण्डका लागि उडेको निगमको जहाज बङ्गलादेशमा आकस्मिक अवतरण


१४ मंसिर २०७९, बुधबार २०:१७ मा प्रकाशित

काठमाण्डाै । काठमाण्डौबाट थाइल्यान्डका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज बङ्गलादेशको चटगाउँ विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत देखिएपछि जहाज बङ्गलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएकाे हो ।

आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत बत्ती ककपिटमा देखिएपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बङ्गलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

जहाजमा एक सय ५२ जना यात्रु थिए । यद्यपि जाँच गर्दा जहाजमा कुनै खराबी भने नदेखिएको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here