झापा । विगतका निर्वाचनहरू जस्तै मंसिर ४ गते भएको निर्वाचनमा पनि बदर मतको संख्या उल्लेख्य रहेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको सदर तथा बदर मतको प्रतिशत निकाल्दा बदर मतको संख्या नघटेको पाइएको हो ।
प्रत्यक्ष निर्वाचनको सदर तथा बदरको प्रतिशत जिल्ला निर्वाचन झापाले निकालेको छ । प्रतिनिधि सभातर्फ जम्मा बदर मतको प्रतिशत ५ दशमलव ८१ प्रतिशत रहेको छ । त्यसैगरि प्रदेश सभातर्फ ५ दशमलव ४५ प्रतिशत प्रत्यक्ष निर्वाचनको मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
प्रतिनिधि सभातर्फ झापा १ मा १ लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ८१ हजार ६ सय २४ जनाले मतदान गरेका थिए । त्यस्मा ४ हजार ५५३ मत बदर भएको छ । झापा २ मा १ लाख ३४ हजार ९१ जना मतदाता रहेकोमा ८७ हजार ४३२ जनाले मतदान गरेका थिए । त्यस्मा ५ हजार ७११ जनाको मत बदर भएको कार्यालयले जनाएको छ ।
झापा ३ मा १ लाख ३१ हजार ४३२ जना मतदाता रहेकोमा ८८ हजार ७४० जनाले मतदान गरेका थिए । झापा ३ मा पनि ३ हजार ९३२ जनाको मत बदर भएको छ । झापा ४ मा १ लाख २३ हजार १२४ जना मतदाता रहेकोमा ७९ हजार ४८३ जनाले मतदान गरेका थिए । तीमध्ये ४ हजार ६४७ जनाको मत बदर भएको हो ।
झापा ५ मा १ लाख ५४ हजार २८९ जना मतदाता रहेकोमा ९८ हजार ९८७ जनाले मतदान गरेका थिए । झापा ५ मा पनि ५ हजार ११७ जनाको मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यसैगरि प्रदेश सभातर्फ झापा १ मा ४ हजार २८३, झापा २ मा ६ हजार ३९८, झापा ३ मा ३ हजार ७५० जनाको मत बदर भएको छ ।
झापा ४ मा ३ हजार ९१८ र झापा ५ मा ४ हजार २२५ जनाले खसाएको मत बदर भएको छ । झापामा जम्मा ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् ।