जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार छः सुवास नेम्बाङ


१२ मंसिर २०७९, सोमबार १७:२४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सवै दलहरुसंग छलफल गर्ने र आवश्यकता अनुसार जुनसुकै भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

उहाले निषेधको राजनीति पराजित भएको र दलहरु मिलेर काम गर भन्ने जनताको स्पष्ट सन्देश रहेको जिकिर गर्नुभयो । एमालेलाई सरकारमा जान हतारो नरहेको र जनताको जनादेश बमोजिम अघि बढौ भन्ने मान्यता रहेको उहाको भनाइ छ ।

नेम्वाङले जनताले दिएको जनादेशका आधारमा दलहरु अघि बढे देश सहि दिशातर्फ जाने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here