झापा । मंसिर ४ गते भएको संसदीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
प्रत्यक्षतर्फ अब केही क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
समानुपातिकतर्फ प्रतिनिधि सभामा अहिले नेकपा (एमाले) ले सुरूवाती अग्रता कायम राखेको छ। प्रदेशतर्फ पनि सातमध्ये ६ प्रदेश सभामा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा छ। नेपाली कांग्रेसले भने मधेस प्रदेश सभामा मात्रै अग्रता लिइरहेको छ ।
मधेस प्रदेशमा १३ लाख ६ हजार३६० मत गणना हुँदा कांग्रेसले २ लाख ७७ हजार ८२७ मत पाएको छ भने दोस्रो स्थानमा रहेको एमालेले २ लाख ३६ हजार ६३८मत पाएको छ। प्रत्यक्षतर्फ भने अहिलेसम्म एमाले तीन प्रदेशमा मात्र ठूलो दल बनेको छ। लुम्बिनी, मधेस र प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ अरू पार्टीले भन्दा धेरै सिट जितेको छ।