झापा । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताउनुभएकोछ । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उहाँको छ। भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गर्नुभएको थियो । उहाँले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताउनुभयो ।
अब पनि पाँच दलीय गठबन्धनकै सरकार बन्ने गृहमन्त्री खाणको भनाइ
११ मंसिर २०७९, आईतवार १३:०६ मा प्रकाशित