चितवन २ मा रवि लामिछाने ४४ हजार मतान्तरसहित विजयी


८ मंसिर २०७९, बिहीबार ११:५० मा प्रकाशित

चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ५९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । लामिछानेका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६४९ मत आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here