मोरङ, जेष्ठ ०४ । मोरङको विराटनगर महानगरपालिका-३ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जेष्ठ ४ गते विहानको राती प्रदेश १-०२-०५०प ९७९६ नम्वरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदाँ स्कुटर चालक बिराटनगर-८ का ५५ बर्षीय मो.अब्दुल कलाम घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको थियाे । चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।