हारे एमालेका नवराज सिलवाल, कांग्रेसका राणा निर्वाचित सूर्योदय संवाददाता ७ मंसिर २०७९, बुधबार ०४:२४ मा प्रकाशित काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।