झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती अग्रता लिएको अग्रता कायमै राखेका छ ।
शर्माले १९ हजार ८ सय २२ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले १२ हजार २५ मत मात्र पाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमराज भन्डारीले ३ हजार ८ सय १४ मत ल्याएका छन् । यो क्षेत्रमा झापामा सबैभन्दा बढी ७२ दशमलव ६० प्रतिशत मत खसेको थियो । यहाँ ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेस महामन्त्री शर्माले १९ हजार मत कटाए
६ मंसिर २०७९, मंगलवार १८:३० मा प्रकाशित