विराटनगरमा अर्को शंकास्पद वस्तु भेटियो


३ मंसिर २०७९, शनिबार १३:५६ मा प्रकाशित

विराटनगर । विराटनगर ३ स्थित खारजीमा खतरा लेखिएको अर्को शंकास्पद वस्तु फेला परेको छ।

शनिबार बिहान १०:३० बजेतिर खारजी स्थित यातायात कार्यालय अगाडि धरान सकड खण्ड बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त गर्न साथ घटनास्थलमा सुरक्षाकर्मी जाँदै गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here