सोलुखुम्बुमा एक मतदान अधिकृत मृत भेटिए


३ मंसिर २०७९, शनिबार १३:२५ मा प्रकाशित
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा खटिएका एक मतदान अधिकृत मृत भेटिएका छन् ।

उनी सुतेकै स्थानमा मृत भेटिएका हुन् ।

नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here