काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सहभागि विद्यार्थी मध्ये १७ हजार ५ ८० जनाले ३.६ देखि ४ सम्मको जिपिए अंक अर्थात ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् । ५१ हजार १ ३७ जनाले ३.२ देखि ३.६ सम्म जिपिए अंक प्राप्त गरि ‘ए ग्रेड’ पाएका छन् ।
६३ हजार ७ सय ४१ले २.८ देखि ३.२ सम्म जिपिए अंक प्राप्त गरि ‘बि प्लस ग्रेड’ पाएका छन् । यस्तै ७६ हजार ५ सय ६४ ले २. ४ देखि २.८ सम्म जिपिए प्राप्त गिर ‘बि ग्रेड’ ल्याएका छन् ।
९८ हजार २ सय ७ जनाले २ देखि २.४ जिपिए अंक प्राप्त गर्दै सी प्लस ग्रेड ल्याएका छन् भने, १.६ देखि २ सम्म जिपिए अक प्राप्त गर्दै सी ग्रेड ल्याउनेको संख्या ९५ हजार ३ सय सात जना छन् ।
यसरी हेर्ने सकिन्छ नतिजा:-
र्ने सकिन्छ नतिजा





