निर्वाचन आयोगद्वारा प्रचण्डलाई हेलिकोप्टर प्रयोग गर्न अनुमति


१८ कार्तिक २०७९, शुक्रबार १०:४९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चुनाव प्रचारप्रसारमा हेलिकोप्टर प्रयोग गर्ने अनुमति पाउनु भएको छ ।

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा हेलिकोप्टर प्रयोगका लागि अनुमति मागेको थियो । नेकपा माओवादी केन्द्रले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका लागि हेलिकोप्टर प्रयोगको अनुमति मागेको थियो ।

आयोगले दुवै जनालाई यो अनुमति दिएको हो ।

यसअघि आयोगले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि हेलिकोप्टर प्रयोगको अनुमति दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here