पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्या प्रयास


१७ कार्तिक २०७९, बिहीबार १९:३८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ।

उहाँको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्।

उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।

तर उहाँका एकजना सहयोगीले उहाँ खतरामा नरहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here