नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि


१७ कार्तिक २०७९, बिहीबार १६:५८ मा प्रकाशित

झापा । नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहिबार पनि थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here