झापा । सुनसरीको धरान उप- महानगरपालिका ११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीबाट लागुऔषध सहित १ जना पक्राउ
१५ कार्तिक २०७९, मंगलवार १३:१७ मा प्रकाशित





