विमानस्थलले दिल्ली जान लागेको निगमको विमान रोक्यो


१३ कार्तिक २०७९, आईतवार १४:४६ मा प्रकाशित

काठमाण्डौ । भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए–२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो ।आज आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here