कालीकोटमा विस्फोटक वस्तु पड्किँदा दुई जना बालिकाको ज्यान गयो, तीन जना घाइते


१२ कार्तिक २०७९, शनिबार १२:३९ मा प्रकाशित

कालीकोट । कालीकोटमा विस्फोट वस्तु पड्किँदा दुई जना बालिकाको ज्यान गएको छ । तीन बालबालिका जना घाइते भएका छन् । कालीकोटको तिलागुफा नगरपालिका १० रानाबाडामा विस्फोट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाको ज्यान गएको हो । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते भएका हुन् । उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयो। घाइते बालबालिकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here