झापा । कात्तिक कृष्ण औँसीका दिन मंगलबार ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ ।
ग्रहणले दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गरेको थियो । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त भएको छ । ३२ मिनेट नेपालबाट ग्रहण देखिएको थियो ।
खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । यस्तै कार्तिक २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ ।





