सोमबार कुकुर तिहारका दिन झापाको बिर्तामोडमा सामुहिक कुकुर पूजा (तस्वीरहरू)


७ कार्तिक २०७९, सोमबार १३:०७ मा प्रकाशित

झापा । कुकुर तिहारका दिन सोमबार झापाको बिर्तामोडमा सामुहिक कुकुर पूजा गरिएको छ ।

हिन्दुहरुको महान चाड शुभदिपावलीको दोस्रो दिन कुकुर तिहारको अवसरमा बिर्तामोडमा सामुहिक कुकुर पूजाको आयोजना गरिएको हो ।

इमान्दार प्राणीको रुपमा परिचित कुकुर मालिकप्रति बफादार रहने र दुश्मनप्रति आक्रामक हुने भएकाले सुरक्षाका दृष्टिकोणले कुकुरको निकै ठूलो महत्व रहेको बताइन्छ ।

आदर्श ब्याङ्केट बिर्तामोडको प्रांगणमा एक कार्यक्रम गरि फुलमाला, अबिर तथा खानेकुरा दिइ सामुहिक कुकुर पूजा गरिएको हो ।

सुरुवाती कोठा नेपालको आयोजना, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको साझेदारी, हाम्रो अभियान नेपालको सहकार्यमा कुकुर तिहार मनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here