चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन


६ कार्तिक २०७९, आईतवार ०८:१० मा प्रकाशित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् ।
बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको बीबीसीले जनाएको छ ।
महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here