काठमाडौं । तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् ।
साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।
उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ ।
आतिसबाजी गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो। आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने काठमाडौंका एसएसपी भरत बोहराले बताउनुभयो
काठमाडौंमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नदिइने निर्णय
४ कार्तिक २०७९, शुक्रबार १९:५५ मा प्रकाशित





