झापा ५ को मतपत्रमा २५ वटा चुनाव चिह्न


४ कार्तिक २०७९, शुक्रबार ११:४५ मा प्रकाशित

झापा । झापा ५ को मतपत्रमा २५ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको वास्तविक नमुना मतपत्रमा २५ वटा चुनाव चिह्न रहेको हो । पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने दोस्रोमा कांग्रेसको रुख तथा तेस्रोमा जसपाको छाता रहेको छ । यस्तै मतपत्रको अन्तिममा स्वतन्त्र उम्मेदवारको चेस चुनाव चिह्न रहेको छ । यसैगरी झापा क्षेत्र नम्बर ३ को वास्तविक नमुना मतपत्रमा १८ चुनाव चिह्न रहेको छ भने क्षेत्र नम्बर ४, २ र १ मा पनि १८ चुनाव चिह्न रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here