महिला विश्वकप : फ्रान्स र इङल्यान्ड क्वाटरफाइनलमा


९ असार २०७६, सोमबार ११:२७ मा प्रकाशित

एजेन्सी । महिला विश्वकपमा आयोजक फ्रान्स र इङल्यान्डले अन्तिम आठमा आफ्नो स्थान बनाएका छन् । फ्रान्सले उपाधिको ब्राजिललाई २–१ र इङल्यान्डले क्यामरुनलाई ३–० ले हराएका हुन् ।

ओसियान डि हाव्रेमा भएको आइतबारको दोस्रो खेलमा जितका लागि आयोजक फ्रान्सले अतिरिक्त समय कुर्नुपर्‍यो । खेलको ५२ औ मिनेटमा भेलरी गौभिनले आयोजक टोलीलाई सुरुवाति अग्रता दिलाएकी थिइन । ६२ औ मिनेटमा ब्राजिलकी थिसाले खेल बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटमा दुबै टिमबाट १–१ गोल भएपछि जित निकाल्न १ सय ५ औ मिनेटमा कप्तान आमानडेनी हेनरीले निर्णायक गोल गरिन । पराजयसँगै ब्राजिलको उपाधि हात पार्ने लक्ष्य अन्तिम १६ बाट समाप्त भयो ।

सेमीफाइनल प्रवेशका लागि फ्रान्सले स्पेन र अमेरिकाविचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी स्टेड डु हाइनेटमा भएको खेलको क्यामरुनविरुद्ध सुरुवातबाटै इङल्यान्डले दबाब सृजना गरेको थियो । खेलको चौथो मिनेटमा स्टेफेन हग्टनका गोलबाट इङल्यान्डले अग्रता बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एलेन टोनी हवाइटले अग्रता दोव्बर बनाइन् । ५८ औ मिनेटमा एलेक्स ग्रिनहुडले गोल थपेपछि ३–० को जित निकाल्दै इङल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो । इङल्यान्डले सेमिफाइनल प्रवेशका लागि नर्वेको सामना गर्नेछ ।

नर्वेले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिता अन्तरगत आज स्पेनले डिफेन्डिङ च्याम्पियन अमेरिका र क्यानडाले स्विडेनको सामना गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here