काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणालीको प्रभाव नभएको जानकारी दिएको छ ।
सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । छ ।
बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





