प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध


३० आश्विन २०७९, आईतवार १६:२४ मा प्रकाशित

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।
उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका प्रवक्ता तथा उपकार्यकारी निर्देशक जगनाथ निरौलाले जानकारी दिनुभयो ।
उडान खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङमा आइतबार बिहान ११:३० बजे मात्रै पोखराको सराङकोटमा उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु हुन पुगको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here