गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा रुनुभएको छ।
शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने क्रममा उहाँ भावुक बनेर भक्कानिनु भएको हो।
कम्युनिष्ट आन्दोलनमा विचलन आउँदै गर्दा चीनमा माओत्सेतुङ चिनकासाङ फर्किएको भन्दै उनले माओवादी आन्दोलनमा विचलन आएपछि आफू पनि सुधारको उर्जा बोक्न गोरखा आएको बताउनुभयो ।





