कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण


१७ आश्विन २०७९, सोमबार १६:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।
कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि पूरक परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।
नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here