पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अब चुनाव नलड्ने


१७ आश्विन २०७९, सोमबार १५:०८ मा प्रकाशित

काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले यसपालीकाे प्रतिनिधिसभाकाे चुनाव नलड्ने घाेषणा गर्नुभएको छ ।

नेकपा मा‌ओवादी केन्द्रकाे चुनाव चिह्न (हसिया हथाैँडा)मा गाेर्खा-२ बाट चुनाव लड्ने तयारिमा रहेका उहाँले चुनाव नलड्ने घाेषणा गर्नुभएको हो ।

उहाँले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताउनुभएको हो । साथै उहाँले ‘चुनाव नलड्नु राजनीति छाड्नु नभएकाे’ बताउँदै आफू सधै राजनीतिमा रहेकाे जानकारी गराउनुभएको छ ।

‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । ‘उहाँले भन्नुभएको छ,’तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here