काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ।
लामो समयदेखि सिट बाँडबाट बारे छलफल गरिरहेको भएपनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन।
सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ।





