काठमाडौं । सोमबार बसेको नेपाली कांग्रेसको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको छ ।
मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।