सूर्योदय टेलिभिजनको व्यवस्थापकमा शिवाकोटी र डेस्क रिपोर्टरमा लिङ्देन नियुक्त


५ आश्विन २०७९, बुधबार १६:१६ मा प्रकाशित

झापा । सूर्योदय टेलिभिजनको व्यवस्थापकमा धनपति शिवाकोटी ‘डिल्ली’ र डेस्क रिपोर्टरमा भावना लिङ्देन नियुक्त हुनुभएको छ ।

शिवाकोटी र लिङ्देनलाई बुधबार टेलिभिजनमा आयोजित कार्यक्रममा स्वागत गरिएको हो ।

शिवाकोटीले डेढ दशक भन्दा लामो समयदेखि विभिन्न संस्थामा आवद्ध रहि व्यवस्थापकीय कामको जिम्मेवारी लिइसक्नु भएको छ ।

लिङ्देनले चार बर्ष भन्दा लामो समयदेखि पाँचथर र झापाका विभिन्न सञ्चार माध्यमका समाचार कक्षमा काम गरिसक्नु भएको छ ।

उहाँहरूलाई टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, प्रधान सम्पादक उमाकान्त खनाललगायतले स्वागत गर्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here