झापाको शिवसताक्षी नगरपालिकामा कार दुर्घटना, दुई जनाको मृत्यु


४ आश्विन २०७९, मंगलवार १९:४० मा प्रकाशित

झापा । झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

नगरपालिकाको  वडा नम्बर १० स्थित सैनिक चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित दुधे – माइधर खण्डमा दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कार लाचक सप्तरी घर भएका वर्ष ४४ का बलराम यादव र सुनसरी इटहरी घर भएकी ३० वर्षीया गीता चौधरी रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको विएडसी अस्पताल विर्तामोडले जनाएको छ ।

घाइतेहरुको विएण्सी अस्पतालमा उपचार भइरहेको छ । कारमा ६ जना सवार थिए ।

बा १४ च ९१०८ नम्बरको कार अयन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here