महाभियोग समितिद्धारा प्रधानन्यायाधीश जबराको बयान सम्पन्न


१ आश्विन २०७९, शनिबार १४:२१ मा प्रकाशित

झापा । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुरक प्रश्नको बयान सम्पन्न गरेको छ ।

शनिबार बसेको समिति बैठकले बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि बयान सुनेर हस्ताक्षर गरेका जबराले शनिबार भने नसुनिकनै सबै बयानमा हस्ताक्षर गरेको उहाले बताउनुभयो । महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी रहेकाले आजै दिउँसो अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन विश्व्कर्माले बताउनुभयो ।

समितिले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here