झापा । टिपरको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई पुलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी बाह्रदशी गाउँपालिका ५ निवासी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको हो ।
उहाँकी श्रीमती ४० वर्षीया गीता पौडेल घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूले जानकारी दिनुभयो ।
घाइते गीताको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश ३-००-१ क ००९१ नम्वरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पौडेल दम्पत्ति सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिएसँगै उनीहरु घाइते भएको र उपचारका लागि अस्पताल पुर्याएपनि सागरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





