काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षा गर्नुहुनेछ ।
संसदीय दलका नेता समेत ओलीले संसदहरुलाई एमालेका संसद्लाई धन्यवाद दिने र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिने कार्यक्रम रहेको छ।
संसदको कार्यकाल शनिवार सकिँदैछ।
संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।





