विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय


२८ भाद्र २०७९, मंगलवार १४:२० मा प्रकाशित

काठमाडौँ ।   सरकारले विश्व बैंकबाट प्राप्त हुने करिव ३५ अर्व रुपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिबृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने दुई सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिव रु ३५ अर्व रुपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

मन्त्रीपरिषद्ले प्रहरी बरिष्ठ उपरीक्षक निरञ्जन बिष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरिक्षक पदमा बढुवा नियुक्ती गर्ने निर्णय गरेको छ भने नेपाल र रोमानीयाबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय गरिएको छ । बैठकले पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिगमा उपलव्ध गरााउन स्वीकृती दिने निर्णय भएको प्रवक्ता काकीले बताउनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्ले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ भने जिल्ला समन्वय समिति प्युठानको जग्गा गौमुखी गाँउपालिका, प्युठानको नाममा हक हस्तान्तरणका लागि स्वीकृती दिने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here